
बैंकिङ खबर/ नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंंकिङ प्रणालीमा तरलता बढाउन आग्रह गर्नुभएको छ । मंगलबार अर्थसमितिको छलफलमा बोल्दै उहाँले सो आग्रह गर्नुभएको हो । यस्तै उहाँले २ दिन सार्वजनिक विदा दिनु गलत भएको पनि बताउनुभयो ।
२ दिन सार्वजनिक विदा दिनुको साटो सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि उहाँले सुझाव दिनुभयो । अहिले पुँजीबजारमा साना लगानीकर्ता फसेको समेत उहाँले बताउनुभयो । ‘सरकारले पुँजीगत खर्च नगर्ने र राष्ट्र बैकले ५०० अर्ब रुपैयाँ होल्ड गरेर राख्दा समस्या भएको छ,’ उहाँले भन्नुभयो ।