
बैंकिङ खबर/ नेपाल लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजारचोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम‘अमूल्य जीवन’प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।
सरल र मर्मस्पर्सी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनिय भूमिका निभाउने कम्पनीको विश्वास छ ।
बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार बीमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको छ । स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको एक मात्र इन्सुरेन्स कम्पनी हो, नेपाल लाइफ इन्स्योरेन्स । कम्पनी यतिखेर आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२ औं वर्षमा हिँडि रहेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको छ । कम्पनीको हाल २ सय भन्दा बढी शाखा सञ्जाल बढाउन सफल भएको छ । जसका कारण आम नागरिकले सहजै यस बीमा कम्पनीबाट सेवा लिन पाएका छन् । जसकारण कम्पनीले छुट्टै पहिचान बनाउ सफल भएको छ ।
यसैबीच कम्पनीले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।




