Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफका अभिकर्तालाई नयाँ अफर, टार्गेट पूरा गरे हेलिकप्टरबाट गोसाइकुण्ड दर्शन

२०७९ जेष्ठ ९ गते

बैंकिङ खबर/ नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीको रुपमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि नयाँ–नयाँ योजनाहरु ल्याउने गरेको छ ।  कम्पनीले हालै आफ्ना अभिकर्ताहरुका लागि नयाँ योजना सार्वजनिक समेत गरिसकेको छ । जेठ महिनामा टार्गेट पूरा गर्ने अभिकर्तालाई नेपाल लाइफले हेलिकप्टबाट गोसाइकुण्ड दर्शन गराउने व्यवस्था गरेको छ ।

यसका लागि अभिकर्ताले जेठ महिनामा कम्तिमा पनि १२ लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नु पर्नेछ । त्यस्तै प्रत्येक थप १२ लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा थप एक जनालाई गोसाईकुण्ड दर्शन गराइने कम्पनीले जनाएको छ ।

यो सुविधा जेठ ३ गतेदेखि जेठ ३१ गतेसम्म लागु हुनेछ । कम्पनीमा कार्यरत अभिकर्ताहरुले आफ्नो अभिकर्ता कोडमा आर्जन गरेको प्रथम बीमा शुल्कका आधारमा थप इन्सेटिभ पाउने कम्पनीले जनाएको छ । जेठ महिनामा ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले कमिशन बाहेक थप ५०० रुपैयाँ इन्सेन्टिभ प्राप्न गर्ने छन् ।

त्यस्तै ७५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले एक हजार रुपैयाँ, एक लाख रुपैयाँ आर्जन गर्नेले १५ सय रुपैयाँ, एक लाख ५० हजार रुपैयाँ आर्जन गर्नेले २६२५ रुपैयाँ, २ लाख रुपैयाँ आर्जन गर्नले ४ हजार रुपैयाँ र २ लाख भन्दा माथि प्रत्येक थप एक लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नले थप २५ रुपैयाँका दरले इन्सेन्टिभ पाउने छन् ।

यस योजनामा संस्थागत अभिकर्तालाई समावेश नगराइने कम्पनीले जनाएको छ । नगद इन्सेन्टिभ रकममा निमय अनुसार १५ प्रतिशत कर कट्टी हुनेछ । नगद इन्सेन्टिभ योजनामा एक बीमा शुल्क बापत दिइएको प्रिमियमको भार ५० प्रतिशत गणना गर्नेछ । गोसाईकुण्ड योजनामा योग्य भएका अभिकर्ताहरु भ्रमण शुरु हुने स्थान काठमाडौंमा आफ्नै खर्चमा पुग्नुपर्ने कम्पनीले जनाएको छ । यस योजनामा म्यादी जीवन बीमा बापत दिइएको प्रिमियम गणना हुने छैन ।

कम्पनीमा कार्यरत अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको क्षमता अभिवृद्धि गरी उनीहरुको व्यवसाय तर्फ थप प्रवद्र्धन गर्नका लागि ख्याति प्राप्त मोटिभेस्नल ट्रेनर सोनु शर्मासँग २ रात तीन दिनको सेल्स इन्टेन्सिभ रेसिडेन्टल ट्रेनिङ आयोजना गर्ने भएको छ । तोकिएको टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई मात्रै यस कार्यक्रममा सहभागी गराइने कम्पनीले जनाएको छ ।

कम्पनीले गत बैशाख १३ गतेदेखि असार ३२ गतेसम्ममा आफ्नै कोडबाट २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्ने अभिकर्ताहरुले उक्त कार्यक्रममा सहभागिता जनाउने पाउने छन् । त्यस्तै एजेन्सी म्यानेजरको हकमा भने आफ्नै कोडबाट ५ लाख २५ हजार रुपैयाँ बीमा शुल्क आर्जन हुनु पर्नेछ । यस कार्यक्रममा २०० जनालाई सहभागि गराइनेछ ।

हाल नेपाल इन्स्योरेन्स कम्पनी २२ औं वर्षमा हिँडि रहेको छ । २०५८ साल बैशाख २१ गते जीवन बीमा व्यवसाय सुरु गरेको इन्स्योरेन्स कम्पनी २२ वर्षको युवा अवस्थामा फक्रिरहेको छ ।

फराकिलो आकाशमा उडान गरिरहेको नेपाल लाइफले यस अवधिमा आफूलाई अझै अब्बल र सशक्त बनाउँदै लगेको छ ।  पछिल्लो तथ्याङ्क अनुसार कुल बीमा शुल्क आर्जनमा नेपाल लाइफले मात्रै एक चौथाइ अर्थात २५ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुयाउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल नेपाल लाइफ धेरै वटा सूचकमा अब्बल र अगाडी देखिएको छ । जीवन बीमा व्यवसाय शुभारम्भ गरेको २१ वर्षको अवधिमा विगत १२ वर्षदेखि अग्रणी स्थानमा रहँदै आएको छ ।