Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

तीन बीमा कम्पनीले गरे मर्जर सम्झौता, नेपालकै ठूलो जीवन बीमा कम्पनी बन्ने

२०७९ बैशाख २९ गते

बैंकिङ खबर/ प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने भएको छ । यी तीन कम्पनीहरुबीच बिहीबार मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्राइम लाइफको नेतृत्वमा युनियन र गुराँस लाइफ मर्जरमा जाने भएका हुन् ।

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यी तीन कम्पनीले एक बराबर १ को अनुपातमा शेयर आदानप्रदान गरेको खण्डमा मर्जर भएपछि चुक्ता पूँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार हुनेछ । अर्थात यी तीन कम्पनी मर्जरपछि नेपाल लाइफपछि दोस्रो ठुलो चुक्ता पूँजी भएको कम्पनी बन्नेछन् ।

स्वाप रेसियो डिडिए भ्यालुएशनपछि गरिने जनाएको छ । अबको एक हप्तापछि एक्चुरी भ्यालुएशनको टिम नेपाल ल्याएर एक्चुरीको काम सम्पन्न गराएर स्वाप रेसियो तय गर्ने गरी अहिले प्रारम्भिक सम्झौता गरेको प्राइम लाइफका एक संचालकले बताए । बीमा समितिले दिएको निर्देशन अनुसार यी तीन कम्पनीले मर्जर सम्झौता गर्ने निर्णय गरेका हुन् ।