Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेशी मुद्रा सञ्चिति तीन करोड डलरले बढ्यो, रेमिट्यान्स घट्यो(पूर्णपाठ)

२०७९ बैशाख २८ गते


बैंकिङ खबर/ पछिल्लो समय विदेशी मुद्रा संचितिको अवस्थामा केहि सुधार भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकअनुसार विदेशी मुद्रा संचिति गत चैतको एक महिनाको अवधिमा ३ करोड डलरले थपिएको देखाएको छ ।

यससँगै फागुन मसान्तमा ९ अर्ब ५८ करोड डलर रहेको विदेशी मुद्राको संचिति चैत मसान्तसम्ममा ९ अर्ब ६१ करोड डलर पुगेको हो । यता चालु खाता घाटाको चाप भने चैतमा अझ थपिएको छ । फागुन मसान्तमा ४६२ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता चैत मसान्तसम्मको एक महिनाको अवधिमा करिब ५० अर्ब रुपैयाँले थपिएर ५१२.७१ करोडले घाटामा पुगेको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा चार अर्ब २८ करोडले घाटामा रहेको हो । फागुन मसान्तमा ७.१४ प्रतिशत रहेको मुद्रास्फीति चैत मसान्तमा ७.२८ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नवौं महिनामा पनि रेमिटेन्स घटेको छ । चैतमा रेमिटेन्स भित्रिने दर नेपाली रुपैयामा ०.६ प्रतिशतले र अमेरिकी डलरमा २.२ प्रतिशतले घटेको छ । फागुनमा पनि यो नेपाली रुपैयाँमा १.७ प्रतिशत र डलरमा ३ प्रतिशतले घटेको थियो ।
यस अवधिमा आयात ३२ प्रतिशतले बढेको छ, जुन वृद्धि फागुनमा ३८.६ प्रतिशत थियो । निर्यात वृद्धि पनि फागुनको ८२.९ प्रतिशतले सुधारबाट ६९ को वृद्धिमा ओर्लिएको छ ।

हेर्नुहोस् पूर्णपाठ

Ad