Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

इच्छाराज तामाङको सीटीसी मल लिलामीमा

२०७९ बैशाख २६ गते


बैंकिङ खबर/ सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको कम्पनी सिभिल इस्टेट्स प्रालिको नाममा रहेको सीटीसी मलका एकसय ३२ वटा पसल कबल लिलाम बिक्रीमा राखिएको छ । कर्मचारी सञ्चय कोषले उक्त मलका एकसय ३२ वटा पसल बिक्रीमा राखेको हो ।
उद्योग विभागमा २०६४ असोज ९ मा उक्त कम्पनी दर्ता भएको थियो। काठमाडौं महानगरपालिका वडा नं ११ सुन्धाराको कित्ता नम्बर २४२४ को ६ रोपनी क्षेत्रफलमा सीटीसी मल निर्माण भएको छ।

८२ हजार ०९५ वर्गफिटबराबरको एक सय ३२ वटा पसल कबल कोषले लिलामीमा राख्ने गरी सोमबार सूचना निकालेको छ। कम्पनीले म्यादभित्र कर्जा चुक्ता नगरी ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्था उल्लंघन गरेको भन्दै कोषले सम्पत्ति लिलाम बिक्रीका लागि आह्वान गरेको बताइएको छ।

तामाङले कोषलाई बुझाउनुपर्ने रकम लिलाम बिक्रीको सूचना बमोजिम म्याद भित्र बुझाएमा भने लिलाम प्रक्रिया अन्त्य हुनेछ। सूचना जारी भएको अर्थात् सोमबारबाट ३० दिनभित्र ऋण चुक्ता गरिसक्नुपर्ने छ। सिभिल सहकारीका निक्षेपकर्ताको करिब सात अर्ब रुपैयाँ ठगीको आरोपमा घरजग्गा व्यवसायी तामाङ थुनामा छन्।

Ad