
बैंकिङ खबर/ विश्व बैंककी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले आगामी दुई वर्ष मूल्यवृद्धिमा दबाब पर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित सेजनको कार्यक्रममा बोल्दै उहाँले आर्थिक वृद्धिको तुलनामा मूल्यवृद्धिको दबाब बढी रहने बताउनुभयो । नेपालको विदेशी मुद्रा सञ्चिति दबाबमा रहे पनि आत्तिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
कार्यक्रममा पूर्व बैंकर भुवन दहालले तरलता अभावको अवस्था केही समय रहने बताए। उनले संरचनागत सुधार आवश्यक रहेको पनि बताए।