Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

‘ट्वीट’ बाटै पैसा कमाएर बैंकको ऋण तिर्दै एलन मस्क

२०७९ बैशाख १९ गते


बैंकिङ खबर/ एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्न सहयोग गर्ने बैंकलाई ट्वीटबाटै पैसा कमाउने नयाँ तरिका अपनाएर कर्जा चुक्ता गर्ने बताउनुभएको छ । उहाँले यसका लागि कम्पनीको कार्यकारी र बोर्डको तलबमा कटौति गर्ने अनि ट्वीटहरु मार्फत पैसा कमाउन मिल्ने प्रक्रिया स्थापित गराउने बताउनुभयो ।

गएको सोमबार मस्कले प्रति शेयर मूल्य ५४.२० डलरमा कूल ४४ अर्बमा कम्पनी खरिद गर्नुभएको थियो । यसैका लागि ऋण सुनिश्चित गराउन उहँले बैंकसँग छलफल गर्नुभएको थियो ।

मस्कले बैंकलाई आफूले लिएको कर्जा चुकाउन ट्वीटरबाट पर्याप्त ‘क्यास फ्लो’ हुनेछ भनेर बैंकलाई सहमत गराउनुपर्ने थियो । यसरी उहाँले १३ अर्ब डलर कर्जा लिनुभएको छ । टेस्ला कम्पनीको स्टक सम्बन्धी पनि १२.५ अर्ब डलरको मार्जिन ऋण लिनुभएको छ । उहाँले बाँकी चाहिँ आफ्नै क्यास पैसाले तिर्ने सम्झौता गर्नुभएको छ ।

रोयटर्सबाट