
बैंकिङ खबर/ काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ४७ जना ग्राहक सदस्यहरुलाई ‘ब्यवसायिक मौसमी तथा वेमौसमी तरकारी खेती तालिम’ दिएको छ । वैशाख १४ गतेदेखि १६ गतेसम्म धादिङ जिल्लाको गल्छीमा उक्त तालिम दिएको हो ।
गल्छी शाखाद्वारा प्रवद्धित फोस्रेटार समुहकी सदस्य सरिता बिडारीको सभापतित्वमा सम्पन्न तालिम उद्घाटन समारोहमा संस्थाका क्षेत्रिय कार्यालय काठमाडौंका कार्यक्रम अधिकृत राजु तामाको प्रमुख अथिति रहनुभएको थियो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवसायमा उतार्न पनि आग्रह गर्नुभयो । उहाँले तालिमको तथ्यांक हेर्दा अत्यन्तै धेरै भएपनि व्यावहारमा परिणत गरेको पाइदैन भन्दै सबै सहभागीलाई व्यवसायिक बन्न र तालिम सक्रिया सहभागी हुन आग्रह गर्नुभयो ।
तालिममा प्रशिक्षक कृषि विज्ञ गल्छी गाउँपालिका कार्यालय धादिङका किरण गिरी, शाखा प्रमुख बीर बहादूर लामा तामाङ क्षेत्रिय प्रतिनिधि कार्यक्रम अधिकृत राजु तामाङ रहनुभएको थियो ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवादिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय कार्यालय काठमाडौंका कार्यक्रम अधिकृत राजु तामाङले बताउनुभएको थियो ।
तालिममा सहभागीहरुलाई स्वागत संस्थाको गल्छी शाखाका कर्मचारी पदमा भट्टराईले तथा तालिमको उदेश्य, शाखाको वस्तु स्थिति, शाखाको भावी रणनितीको बारेमा शाखा प्रमुख बीर बहादूर लामा तामाङले र संस्थाका प्रमुख कार्यकारी अधिकृतको तालिम सन्देश वाचन तथा समग्र संस्थाको बारेमा कार्यक्रम अधिकृत राजु तामाङले प्रकाश पार्नुभएको थियो ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी ३ लाख ९८ हजार जना सदस्यलाई २७ अर्व ५२ करोड लगानी गरी १७ अर्व २५ करोड बचत संकलन गरी संस्थाले लघुवित्त सेवा पुर्याई रहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालनग र्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिमलिएका सदस्यहरुलाई आवश्यकता अनुसार लगानी समेत गर्दै आई रहेको छ ।
सो तरकारी खेती गरिरहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराइएको संस्थाका गल्छी धादिङ शाखाका शाखा प्रमुख बीर बहादूर लामा तामाङले जानकारी गराउनुभएको थियो । कार्यक्रम संचालन गल्छी शाखाका कर्मचारी राजु पौडेलले गर्नुभएको थियो ।