Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकलाई विपक्षी बनाई २०२ मुद्दा, ३८ वटा फैसला

२०७९ बैशाख १७ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आफ्नो निर्देशन उल्लङ्घन गर्ने बैंक वित्तलाई कारबाही गर्दै आएको छ । बैंक तथा वित्तीय संस्था र त्यसमा संलग्न पदाधिकारीलाई राष्ट्र बैंकले गरेका कारबाहीको निर्णयमा चित्त नबुझेमा पुनरावेदन गरेका र यस बैंकलाई समेत विपक्षी बनाई विभिन्न अदालतमा मुद्दा दायर भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार यसरी दायर भएका चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा (प्रदेशस्थित कार्यालयसँग सम्बन्धित समेत गरी) २०२ वटा चालु मुद्दाहरू रहेका छन् । यस्तै सोही अवधिमा ३८ वटा मुद्दाको फैसला भएको राष्ट्र बैंकले जनाएको छ । तीन वटा मुद्दा दामासाहीसम्बन्धी रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।

Ad