Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क १० अर्ब बढी

२०७९ बैशाख १५ गते

बैंकिङ खबर/जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनामा १० अर्ब भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङक अनुसार १९ जिवन बीमा कम्पनीहरुले १० अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

समितिका अनुसार यस अवधिमा कम्पनीहरुले प्रथम बीमा शुल्क वापत २ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले यस अवधिमा २ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । प्रथम बीमा शुल्क वापत कम्पनीले ४५ करोड रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १ अर्ब ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । भने प्रथम बीमा शुल्क वापत २४ करोड रुपैयाँ आर्जन गरेको छ । त्यसैगरी यस अवधिमा सबैभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ सो कम्पनीले यस अवधिमा १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । सो कम्पनीले प्रथम बीमा शुल्क वापत ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।