Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकका सञ्चालकले नै सूचनाहरु चुहाए: कर्मचारी संघ

२०७९ बैशाख १४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैंकबाट गोप्य सूचनाहरु चुहाएको आरोप लगाउनुभएको छ । राष्ट्र बैंकको ६७ औँ वाषिर्कोत्सव समारोहमा बोल्दै उहाँले राष्ट्र बैंकबाट अति गोप्य सूचना पत्रकारलाई दिइएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्र बैंकका एक सञ्चालकले सूचनाहरु राष्ट्र बैंकबाट लगेर अर्थ मन्त्रालयबाट बाहिर चुहाएको बताउनुभयाे । गभर्नर महाप्रसाद अधिकारीलाई कपोकल्पित आरोप लगाएर निलम्बन गरिएको समेत उहाँले बताउनुभयो । तर अदालतले न्याय दिएको उहाँको भनाइ छ ।

अर्थतन्त्रका समस्या केन्द्रीय बैंक र अर्थमन्त्रालय मिलेर समाधान गर्नुपर्ने भए पनि अनावश्यक र अवैधानिक हस्तक्षेप गर्न खोजिएको उहाँले बताउनुभयो ।

आन्तरिक तथा बाह्य शक्तिको राष्ट्र बैंकमाथि हमला भयो

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशम बहादुर बल्छौडिले नेपालमा गरिब र धनि बिचको खाडल बढेको बताउनुभएको छ । अध्यक्ष बल्छौडिले एउटै संस्थामा कुनै कर्मचारीको तलव अधिक भन्दा बढी हुने र सोही संस्थामा अर्को कर्मचारीको तलव न्यून हुदा गरिबी र धनी बिचको खाडल बढ्ने उहाँले बताउनुभयो ।

गभर्नरले कसैलाइ काखा र कसैलाइ पाखा गर्दा बैकिङ्ग क्षेत्रमा ठूलो प्रभाव पर्ने उहाँको भनाइ छ । कर्मचारीको वृद्धि बिकासका लागि नियमावली संशोधन गर्नु पर्ने उहाँको माग छ । राष्ट्र बैंकका कर्मचारीले पत्रपत्रिका तथा र सामाजिक संजालमा लेख रचना सार्वजनिक हुदाँ संयमित हुनुपर्ने उहाँको भनाइ छ ।

यता नेपाल बित्तीय संस्था कर्मचारी संघका अध्यक्ष राजिब रेग्मिले सरोकारवाला निकाय बिच समन्वय गरेर अघि बढ्नु पर्ने बताउनुभयो । राष्ट्र बैंकलाइ कुनै आग्रह र पुर्वाग्रह ढंगले संचालन गर्न नहुने बताउनुभयो । गभर्नर महाप्रसाद अधिकारिलाई अदालतले गरेको निर्णय स्वागत गरेको उनले बताए । उनले भने ‘राष्ट्र बैंकले पुर्वाग्रह ढंगले निर्णय गर्दा स्वायत्त संस्थालाई प्रभाव पारेको बताउनुभयो । गभर्नर सबैको साझा हो । रास्ट्र बैंक सबैको साझा हो । कर्मचारी अनुशासनमा बस्नुपर्ने उहाँको भनाइ छ ।

Ad