Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकको ६७ वार्षिकोत्सवको अवसरमा वीरगञ्ज कार्यालयद्वारा विभिन्न कार्यक्रम आयोजना

२०७९ बैशाख १४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयले बैंकको ६७ औं वार्षिकोत्सवको अवसरमा वैशाख ७ गते देखि १४ गतेसम्म विभिन्न कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।

वैशाख ७ देखि १० गतेसम्म अन्तर बैंक सेभन साईड क्रिकेट टुडामेन्ट २०७९ सम्पन्न भएको छ । जसमा फाइनल खेलमा कुमारी बैंकलाई २ विकेटले पराजित गर्दे सिभिल बैंकले उपाधि हासिल गरेको थियो ।

यसै गरि वैशाख १३ गते ‘रक्तदान–जीवनदान’ सन्देशका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र वीरगञ्जको समन्वयमा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कर्मचारीहरु, वीरगञ्जस्थित ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारी लगायत अन्य  सरोकारवाला निकायका प्रतिनिधिहरुले रक्तदान गर्नुभएको थियो ।

यसैगरी वार्षिकोत्सवको साप्ताहिक उत्सवमा व्याडमिन्टन, टेनिस, चेस, क्यारम बोर्ड र हाजिरि जवाफ जस्ता भित्रि खेलहरु आयोजना गरेको थियो ।

वैशाख १६ गते सप्ताहको अन्तिम दिन नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका सम्पूर्ण कर्मचारी, वीरगञ्जस्थित ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारी लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरु गरी करिब ३ सय जनाको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमहरुको औपचारिक सुरुवातमा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक राजनदेव भट्टराईले आर्थिक समृद्धिका लागि जनतामा वित्तीय पहुँचको विस्तार, खेलमार्फत वित्तीय सचेतना, बैकिङ क्षेत्रका कर्मचारीहरुको शारीरिक, मानसिक र आपसी सद्भावको विकास लगायत हालको प्रतिकुल वृहत्तर आर्थिक परिदृष्यलाई मध्यनजर गर्दे वस्तु तथा सेवा उपभोगमा स्थानीय उत्पादनलाई जोड दिन प्रोत्साहन गर्न, अर्थतन्त्रलाई मजबुत बनाउने विभिन्न सन्देश प्रवाह तथा वित्तीय साक्षरता अभिवृद्घि गर्ने लक्ष्य यस कार्यक्रमले लिएको धारणा व्यक्त गर्नुभयो ।

 

Ad