
बैंकिङ खबर/ उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठक ‘आर्थिक विकास सेवा सम्मान’ बाट सम्मानित हुनुभएको छ ।
उहाँले लघुवित्त क्षेत्रको विकास र सामाजिक सेवामा पुर्याउनुभएको उच्च योगदानको कदर गर्दै फोकस नेपाल संस्थाले सम्मान गरेको हो । उहाँलाई नयाँ वर्ष तथा लोकतन्त्र दिवस २०७९ को अवसरमा आयोजित विशेष समारोहमा सम्मान गरिएको संस्थाले जनाएको छ ।