Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

युवा स्वरोजगार कोष र मिथिला लघुवित्तबीच सम्झौता

२०७९ बैशाख ९ गते


बैंकिङ खबर/ विगत एक दशक अघिदेखि बेरोजगार युवाहरुलाई स्वरोजगार मूलक व्यावसायिक परियोजना सञ्चालनको लागि वित्तीय सहयोग गर्दै आएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र नेपाल राष्ट्र बैंकद्वारा “घ”वर्गमा वर्गिकृत मिथिला लघुवित्त वित्तीय संस्था लि. बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र मिथिला लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले हस्ताक्षर गर्नुभएको थियो ।

हस्ताक्षरको क्रममा मिथिला लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थाले करिब ३२ हजार महिला सदस्यहरुलाई लघुकर्जा प्रवाहगरी रोजगारी सिर्जना गराई आत्मनिर्भर बनाउन उल्लेख्य योगदान गर्दै आएकोमा युवा स्वरोजगार कोषबाट प्राप्त हुने रकमलाई मधेश प्रदेशमा महिला सदस्यहरुलाई तरकारी खेती र पशु पालनको लागिकर्जा प्रवाहगरि महिलाहरुको रोजगारी सृजनाभई आत्मनिर्भर बनाउनको लागि सघाउ पुग्ने धारणा राख्नुभयो ।

कोषले निर्धारण गरेको लक्षित वर्गका परिवारका युवाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्र बनाउन यस सम्झौताले सघाउ पुर्याउने कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी गराउनुभयो ।

हाल मिथिला लघुवित्त वित्तीय संस्था लि.ले मधेश प्रदेशका आठ जिल्लामा ४४ शाखा कार्यालयमार्फत ३२ हजार ग्राहक सदस्यलाई करिब २ अर्ब ८ करोड लघु कर्जा प्रवाह गर्दै आएको छ।

Ad