Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकको सञ्चालकको नियुक्ति प्रक्रिया अघि बढ्यो, आचार्य र ढुंगानाको नाम आयोगमा

२०७९ बैशाख ७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको सञ्चालकको नियुक्ति प्रक्रिया अगाडि बढेको छ । सरकारले डा.शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको हो ।

आचार्य राष्ट्र बैंकबाट अवकाशप्राप्त पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ भने ढुंगाना बैंक तथा वित्तीय संस्थाको सञ्चालक भइसकेका व्यक्ति हुनुहुन्छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले आचारसंहिता लगाएको छ ।

कुनै व्यक्तिको नियुक्ति गर्नै परेका सरकारले निर्वाचन आयोगबाट स्वीकृति लिनु पर्ने हुन्छ । सोही कारण सरकारले स्वीकृतिका लागि आयोगमा पत्र पठाएको हो । आयोगको स्वीकृतिपछि मन्त्रिपरिषद्को बैठकले आचार्य र ढुंगानालाई राष्ट्र बैंक सञ्चालक समितिमा नियुक्त गर्नेछ । राष्ट्र बैंक सञ्चालकबाट गत शुक्रबार श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएको थियो ।

Ad