Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा लेख पुनर्जागरण अभियान शुरु

२०७९ बैशाख ६ गते
Print

बैंकिङ खबर/ रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा जारी भएका तर हालसम्म नवीकरण नभएका इन्स्योरेन्स बीमा लेखहरुका लागि पुनर्जागरण अभियान शुरु गरेको छ । कम्पनीबाट जारी भएका बीमा लेखहरु नवीकरण नगरी व्यतित भएका बीमा लेखको हकमा शत प्रतिशत बिलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको छ ।

यो योजना दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमा लेखमा मात्र लागू हुनेछ । यसका साथसाथै बीमा लेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिनेछ ।

हरेक नेपालीलाई बीमाको दायरा भित्र ल्याई उनीहरु र उनीहरुसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ ।
अतः यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमा लेख पुनर्जागरण अभियान संचालन गरेको छ ।

उक्त पुनर्जागरण अभियान यही वैशाख ७ गते देखि २६ गतेसम्म आफ्नो व्यतित भइसकेका बीमा लेखहरु बिलम्ब शुल्क बिना नै नवीकरण गर्ने व्यवस्था गरी आफ्ना ग्राहकहरुलाई सुनौलो मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

वैशाख २६, २०७९ सालसम्म मात्र यो अभियान संचालन हुने हुँदा समयमा नै आफ्नो व्यतित भइसकेको बीमा लेख नवीकरण गरी आफूलाई र आफ्ना परिवारलाई सुरक्षित गर्न कम्पनीले अनुरोध गरेको छ ।