
बैंकिङ खबर/ नेपालमा यो साता पनि बैंक वित्त क्षेत्रमा विभिन्न गतिविधिहरु भएका छन् । समग्रमा, साताको सुरुवातदेखि बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु तल प्रस्तुत गरिएको छ ।
निलम्बनमा गभर्नर महाप्रसाद अधिकारी

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकाे छ । गभर्नर अधिकारीलाई निलम्बन गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको छ । मन्त्रिपरिषदको निर्णयले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । उनीमाथि देशको आर्थिक अवस्था ध्वस्त पारेको अभियोग छ ।
गोप्य सूचना चुहाएको, अर्थतन्त्र विगारेको र सरकारसँग समन्वयन गर्न नसकेको अभियोग उनीमाथि लगाइएको छ । सरकारले गर्भनर अधिकारीमाथि छानविन गर्न समिति समेत गठन गरेको छ ।
राष्ट्र बैंकद्वारा गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनीको बैंक खाता रोक्का

नेपाल राष्ट्र बैंकले गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनीको बैंक खाता रोक्का गरेको छ । राष्ट्र बैंकले चैत तेस्रो साता सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै उक्त कम्पनीको नाममा रहेको खाता बन्द गर्न निर्देशन दिएको हो । कम्पनीले १० वर्षमा १०० गुणा प्रतिफल दिने भन्दै सर्वसाधारणलाई लगानी गर्न आह्वान गरिरहेको थियो ।
कम्पनी खोलेर निश्चित अवधि तोकेर नै १०० गुणा प्रतिफल दिने भन्दै प्रचार गरेपछि धितोपत्र बोर्डले के आधारमा कम्पनीले उक्त प्रतिफल दिन सक्छ प्रश्न उठाएको थियो ।
चैतकै ब्याजदरलाई निरन्तरता

बैंक तथा वित्तीय संस्थाहरुले वैशाख महिनाका लागू हुने गरी निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका छन्। चैतकै ब्याजदरलाई वैशाखमा निरन्तरता दिइएको छ।
गत आइतबार वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनको पूर्ण बैठकले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको थियो। यो निर्णयसँगै वाणिज्य बैंकहरुको वैशाखका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशतर संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज कायम गरेका छन्।
यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरुले वैशाखमा ब्याजदर स्थिर राखेका छन्। अर्थात् उनीहरुले पनि चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
राष्ट्रियस्तरका विकास बैंकहरुले वैशाखमा पनि व्यक्तिगत मुद्दतिमा अधिकतम ११.५५ प्रतिशत र संस्थागतमा अधिकतम १०.५५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। क्षेत्रीयस्तरका विकास बैंकहरुले व्यक्तिगत मुद्दतिमा अधिकतम ११.६५ प्रतिशत र संस्थागतमा अधिकतम १०.६५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
त्यस्तै फाइनान्सहरुले चैतमा कायम गरिएको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.७१ प्रतिशत र संस्थागतमा अधिकतम १०.७१ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।
अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

बैंकहरुले गाडीसहित विलासिताका वस्तुमा एलसी नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो।
बैंकहरुले निजी सवारीसाधन, चुरोट तथा रक्सी, ड्राई फुड, फर्निचर, सजावटका सामग्री, मोबाइल, कस्मेटिक वस्तुको आयात नखोल्ने निर्णय गरेको हो । राष्ट्र बैंकले १३ सय वस्तु आयातका लागि एलसी खोल्दा खरिदकर्ताले ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो।
बैंकर्स र उद्योगी व्यवसायीहरु विभूषित

सरकारले बैंकर्स तथा विभिन्न उद्योगी व्यवसायीलाई विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा विभिन्न उद्योगी व्यवसायीलाई विभूषित र पदक प्रदान गर्नुभएको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ को अवसरमा विभूषण र पदक प्रदान गर्ने घोषणा गरेको थियो । सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारीले सुकीर्तिमय राष्ट्रदीपबाट एनआरएनका संस्थापक अध्यक्ष तथा नबिल बैंकका अध्यक्ष डा. उपेन्द्र महतो, प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन, नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष सुरेन्द्र बिर मालाकार र कैलाशचन्द्र गोयललाई सम्मान गर्नुभएको छ ।
त्यस्तै, राष्ट्र भण्डारीले सुप्रवल जनसेवाश्री पदकबाट उद्योगी व्यवसायी ध्रुव कुमार श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, व्यवसायी राजेन्द्र खेतान, नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवाल, उद्योगी व्यवसायी शिवरतन सारदा, उद्योगी व्यवसायी साहिल अग्रवाललाई सम्मानित गर्नुभएको छ ।
बीमा क्षेत्रबाट दिप प्रकाश पाण्डे र सुनिल बल्लभ पन्त सम्मानित हुनुभएको छ । त्यस्तै, निर्माण व्यवसायी रमेश शर्मा, सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड, न्यौपाने समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायत पनि विभूषित हुनुभएको छ । अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, अम्बिकाप्रसाद पौडेल, सञ्जयकुमार खेतान, राजु ढकाल, गोकुल भण्डारी, देवकृष्ण मुण्दडा, कमलकिशोर मालपानी, रविना देशराज श्रेष्ठ पनि विभूषित हुनुभएको छ ।
यस्तै राधेश्याम हलुवाई, दीलप्रकाश भट्ट, चन्द्र ढकाल, अम्मरबहादुर बानियाँ, सागर थापा, प्रेमकण्ठ श्रेष्ठ, चुन्नप्रसाद पौडेल, नरिश्वर शर्मा, सुनिलबल्लभ पन्त, दिपप्रकाश पाण्डे, बद्री गुरागाँई, सौरभ दुगड, चिन्तामणी न्यौपाने नारायण बजाज, राजेन्द्र मल्ल, कमलकिशोर मालापनी, यादवसिंह कार्की, विनोद ज्ञावाली लगायतका उद्योगी व्यवसायी पनि सम्मानित हुनुभएको छ ।
यसमध्ये राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा बीमा क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुभएकाे छ । शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त प्रवल जनसेवा श्री पदक प्राप्त गर्नुभएको छ ।
शेयर कारोबार ‘फ्लोर सिट’ हेर्न नपाईने

शेयर कारोबार ‘फ्लोर सिट’ हेर्न नपाईने भएको छ । अवधिभर लगानीकर्ताले अब कारोबारको रियल टाइममा फ्लोर सिट हेर्न नपाउने भएका हुन् । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई ‘फ्लोर सिट’ हेर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
हाल कारोवार समयमा नै फ्लोर सिटमार्फत् कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको थियो । तर उक्त विवरण हटाउन बोर्डले निर्देशन दिएको हो ।
धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम ९४० को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले निर्देशन दिएको हो ।
कोरोना महामारीको समयमा धितोपत्र दलाल व्यवसायी ९ब्रोकर० हरुको कार्यालयमा बन्द भएको स्किृन एक्जिविसन रुम खुला हुने भएको छ । धितोत्रप बोर्डले ब्रोकर कम्पनीलाई उक्त रुम खोज्न निर्देशन दिएको हो ।
कोरोनाको समयमा धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भनेर स्क्रिन एग्जिविशन कक्ष बन्द भएको हो । ‘हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको छ ।
सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त हुनुभएको छ । चैत्र ३० गते बसेको संचालक समितिको बैठकले उहाँलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्तगर्ने निर्णय गरेको हो । उहाँ यस अघि सेञ्चुरी बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
काठमाडौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गर्नु भएकाउ हाँले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गर्नु भएको छ । उहाँ बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गर्नु भएका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिनु हुन्छ ।
सीईओ न्यौपाने ‘म्यानेजर अफ द इयर अवार्ड-२०२२’ बाट सम्मानित

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपाने ‘Manager of the Year Award-2022’ बाट सम्मानित हुनुभएकाे छ । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै सीईओ न्यौपानेलाई ‘Manager of the Year Award-2022’ बाट सम्मानित गरेको हाे । चैत्र २६ गते नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपाने उक्त पुरस्कार उक्त पुरस्कारबाट सम्मानित हुनुभएकाे हाे ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै ‘Manager of the Year Award-2022’ का विजेता न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण Fellow NIC ASIANs लाई समर्पण गर्दै उक्त पुरस्कारबाट सम्मानित गरेकोमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारी प्रति कृतज्ञता जाहेर गर्नुभयो ।