Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभावकारी बन्दै प्रभु पेको किअस्क मेसिन, ट्राफिक कार्यालयमा जरिवाना तिर्न सजिलो

२०७९ बैशाख २ गते


बैंकिङ खबर/ पछिल्लो समय प्रभु पेको किअस्क मेसिन प्रभावकारी बन्दै गएको छ । ट्राफिक जरिवाना तिर्न सजिलो बनाउने उद्देश्यसहित काठमाडौं उपत्यकाका सात ट्राफिक कार्यालयमा किअस्क मसिन विस्तार गरिसकिएको छ ।

ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु पेको किअस्क मसिनको प्रयोग गरी भुक्तानी गर्न सकिनेछ । यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा लागू भइसकेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा यो सेवा विस्तार गरिएको छ ।

हाल ७ वटै ट्राफिक कार्यालयमा उक्त सेवा सुरू भएको प्रभु पेका अध्यक्ष कुसुम लामाले बताउनुभयो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको बताउनुभयो ।

किअस्क मेसिनमा सीधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत भएको छ ।

Ad