Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन सरकारद्वारा विभूषित

२०७९ बैशाख २ गते

बैंकिङ खबर/ प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन सरकारद्धारा विभूषित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा अध्यक्ष भट्टचनलाई सुकीर्तिमय राष्ट्रदीप प्रदान गर्नुभयो ।

नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ को अवसरमा भट्टचनलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो ।
यसअघि पनि उहाँ पदकबाट विभूषित हुनुभएको थियो । भट्टचनको प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु हेलिकप्टर, प्रभु मनि ट्रान्सफर, प्रभु पे, प्रभु टेलिभिजनलगायत १ दर्जन भन्दा बढी कम्पनी सञ्चालनमा छन् । उहाँ सफल व्यवसायी हुनुहुन्छ ।

Ad