
बैंकिङ खबर/ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिनु सरकारको गैरजिम्मेवारीपन भएको बताउनुभएको छ । मंगलबार निजामती कर्मचारी युनियनले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले गभर्नरलाई निलम्बन गर्दा अर्थतन्त्र झन् अप्ठ्यारो अवस्थामा जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र ओरालो लागेको अवस्था छ। त्यो अर्थतन्त्र ओरालो लागेको बेलामा राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गरिएको छ त्यसले झन् अप्ठ्यारो परिस्थितिमा जान्छ भन्नेमा दुईमत छैन । किनभने नेपालको अर्थतन्त्रलाई विश्व बैंकलगायतले सुष्म ढंगले हेरिरहेका छन्।’
अर्थमन्त्री जनार्दन शर्मासँग कुरा मिलेन भनेर गभर्नर निलम्बन गर्न नहुने उहाँले बताउनुभयो । ४० करोड विदेशी रकम नेपाल आएको र त्यसबारे छानबिन राष्ट्र बैंकले गरेको प्रसंग निकाल्दै विश्वमा जहाँ पनि अर्थमन्त्री र गभर्नरबीच खटपट चलिरहेको हुने बताउनुभयो ।