Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारको ढुकुटीमा जम्मा भएको पैसा बैंकिङ प्रणालीमा पठाउनुपर्छः पूर्वगभर्नर नेपाल

२०७८ चैत्र २८ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले राष्ट्र बैंकको नीतिका कारण नै अहिले तरलता अभाव देखिएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसमा आयाजित कार्यक्रममा बोल्दै उहाँले कोरोनापछि सरकारले गर्ने सहयोग केन्द्रीय बैकले मात्र गरेकाले समस्या आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तरलता अभाव नेपालको दीर्घकालीन समस्या भएको छ । कोरानापछि रोकिएको माग खुल्दा अत्यधिक कर्जा प्रवाह हुँदा समस्या आएको हो ।’ सरकारले विकास खर्च नगरेको र ढुकुटीमा पैसा जम्मा गरेको र ढुकुटीमा जम्मा भएको पैसा बैंकिङ प्रणालीमा पठाउनुपर्ने उहाँको भनाइ छ । रेमिट्यान्स दीगो स्रोत नभएको भन्दै उनले यसको विकल्प खोज्नुपर्ने उहाँले बताउनुभयो ।

Ad