Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरमाथि कारबाहीः प्रधानमन्त्री

२०७८ चैत्र २८ गते

बैंकिङ खबर/ प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको बताउनुभएको छ । सोमबार सत्तारुढ दलहरुको बैठकमा नेपाली कांग्रेस महामन्त्री गगन थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताउनुभयो । आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीको गुनासो थियो । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । 

Ad