
बैंकिङ खबर/ मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बेलकोटगढि नगरपालिकाको कल्याणिदेवी माध्यामिक विद्यालयका ६० जना, बागेश्वरी प्राथमिक विद्यालयका ५० जना त्यस्तै विदुर नगरपालिकाको आगापुटारस्थित शुलक्षणा माध्यमिक विद्यालयका १०८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । त्यस्तै रसुवाको उत्तरगया गाउँपालिका मनिगाउँस्थित भुवनेश्वरी आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुले आइतबार र सोमबार प्रति विद्यार्थी एक दर्जन कापी , पेन्सिल र झोला शैक्षिक सामग्री वितरण गरिएको छ ।
कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामग्री प्रदान गर्दा विद्यार्थीहरुको मनोबल बढ्नुको साथै ग्राहक, समाज र संस्थाबीच आत्मीय सम्बन्धमा बढावा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए ।
संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा विभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पुर्याउँदै आएको लघुवित्तले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रहरु गर्दै जाने उनले बताए ।
मेरो माइक्रोफाइनान्स नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत करिब २ लाख भन्दा बढी गरिव तथा विपन्न घरपरिवारहरुलाई सामाजिक तथा आर्थिक कृयाकलापमा सहयोग पुग्ने उद्देश्यका साथ विभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।




