
बैंकिङ खबर/ पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताउनुभएको छ । आइबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अर्थ मन्त्रालयको अंगजस्तो गरेर यसलाई चलाउन खोजिएको बताउनुभयो ।
राष्ट्र बैंकका गभर्नरलाई सचिव वा सहसचिव जसरी अर्थमन्त्रीले चलाउन खोजेको उहाँको भनाइ छ। मौद्रिक नीति समयमा ल्याउनसमेत नदिइएको बताउनुभयो । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको निन्दनीय काम गरेको उहाँले बताउनुभयो । ‘