Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्ता छन्, साताभरका उत्कृष्ट बैंकिङ समाचारहरु

२०७३ भाद्र ३१ गते

bankingहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

विदेशीलाई आफ्नो मुलुकमा पैसा पठाउन सहज
नेपालमा बसेर काम गर्ने विदेशी नागरिकहरुलाई आफ्नो मुलुकमा पारिश्रमिक पठाउँदा राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ । यसअघि विदेशीले भारतीयबाहेक अन्य सबै परिवत्र्य मुद्रामा पारिश्रमिक पठाउँदा राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था थियो । उक्त व्यवस्था खारेज गरी राष्ट्र बैंकले केही सहज व्यवस्था ल्याएको हो । अब उनीहरूले तोकिएको कागजातसहित वाणिज्य बैंक र विकास बैंकबाट सीधै रकम सटही गरी पारिश्रमिक पठाउन सक्नेछन् । यस बारेमा राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकलाई निर्देशन दिइसकेको छ । राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बैंकहरुलाई टुक्रा सुन आयातको अनुमति
वाणिज्य बैंकहरूलाई टुक्रा सुन आयात गर्न वाणिज्य मन्त्रालयले अनुमति दियो । नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, सुन व्यवसायीबीच भएको छलफल अनुसार बैंकहरूले १०० ग्राम, २०० ग्राम, ५०० ग्रामको पनि सुन ल्याउन पाउने सहमति भएको हो । नेपाल राष्ट्र बैंक, संचालक समितिको बैठकमा पारित गरेर वाणिज्य बैंकहरूलाई परिपत्र गरिसकेपछि बैंकहरूले साना टुक्रा सुन आयात गर्न सक्नेछन् ।

शाखा, सेवा तथा प्रविधि विस्तार
मनास्लु विकास बैंक लिमिटेडले विहीबारदेखि चितवनको टाँडी बजारमा नयाँ शाखा सञ्चालनमा ल्यायो । एनएमबी बैंकले हरेक नेपाली घरपरिवारलाई बैंकमा खाता खोल्न प्रेरित गर्ने उद्देश्यले ’एक घर एक खाता’ योजना ल्याएको छ । प्रभु मनि ट्रान्स्फर प्रा.लि र घोडीघोडा लघुवित्त वित्तीय सस्था लि. बिच रेमिटेन्स सम्झौता सम्पन्न भयो । नेपाल क्लियरिङ्ग हाउसले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा भुक्तानी लिने सेवाअन्तर्गत इन्स्योरेन्स (बिमाशुल्क) भुक्तानी, किस्ताशुल्क भुक्तानी र क्रेडिट कार्ड शुल्क भुक्तानी सेवा थप गर्यो । जनता बैंकले जनता कवच नामक नयाँ बचत खाता सञ्चालनमा ल्यायो । लक्ष्मी बैंकले विहीबार आफ्नो शाखाहरु बुर्तीबाङ्ग (बागलुङ्ग) र गल्याङ्ग (स्याङ्गजा)मा शुभारम्भ गर्यो । 

बोनस सेयरको लहर
गुडविल फाईनान्स कम्पनीले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गर्यो । सनराइज बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई एक अर्ब ३२ करोड ५३ लाख ४८ हजार आठ सय रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गर्यो । ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस शेयर दिने निर्णय गर्यो । फर्स्ट माइक्रोफाइनान्सले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गर्यो । एनआईसी एसिया बैंकले प्रस्ताव गरेको २६ प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्विकृत भयो । सिटिजन्स बैंकले प्रस्ताव गरेको १६ प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गर्यो । गण्डकी विकास बैंकले आफ्ना लगानीकर्ताहरुलाई १९ दशमलव ५७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गर्यो । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ४५ प्रतिशत बोनस सेयर दिने निर्णय गर्यो । मितेरी डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने घोषणा गर्यो ।

हकप्रद सेयर निष्काशन
गुडविल फाइनान्सले २५ प्रतिशत बोनस सेयर वितरणपछि कायम चुक्तापुँजीको ६० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गर्यो । माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद निष्काशनको अनुमतिका लागि धितोपत्रमा निवेदन दियो । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले १४ लाख ५९ हजार १ सय ६६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्यो । फर्स्ट माइक्रोफाइनान्सले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद दिने निर्णय गर्यो । एनआईसी एसिया बैंकले १५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गर्यो । सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गर्यो । ५० प्रतिशत हकप्रद निष्काशनको अन्तिम स्विकृतिका लागि कृषि विकास बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दियो । 

राष्ट्र बैंक
साताको बुधबार नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट दुई अर्ब रुपैयाँ तरलता प्रशोचन गर्यो । साताको सोमबार राष्ट्र बैंकले तीन अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्यो । 

अन्य
साना किसान विकास  बैंकले नेपाल राष्ट्र बैंकमा आफ्नो पूँजी वृद्धि योजना पेश गर्यो । नेपाल एलपी ग्यास उद्योग संघल ग्यास सिलिण्डरको न्युनतम बीमा एक करोड रुपैयाँ हुने व्यवस्था लागू गर्यो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड Asia Banking, Financial Services & Insurance Excellence Awards 2016 द्धारा सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंक विधामा पुरस्कृत भयो ।