
बैंकिङ खबर/ मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीको कार्यकाल सञ्चालक समितिले नथप्ने भएको छ । सञ्चालक समितिले ४ वर्ष अगाडि मेगा सीइओ पदमा खुन्जेलीलाई नियुक्त गरेको थियो । उहाँको ४ वर्षे कार्यकाल आगामी बैशाख २ मा सकिने छ । बैंकको सञ्चालक समितिले कार्यकाल नथप्ने भएपछि खुन्जेली शुक्रबारदेखि बिदामा बस्नुभएको छ । उहाँले चार वर्ष बैंकलाई हाँकेर दोब्बर ठूलो बनाउनुभएको छ ।
२०७४ चैत ३० मा उहाँ प्रमुख कार्यकारीहुनुभएको थियो । उहाँको नेतृत्वमा गण्डकी विकास बैंक गाभेर सफल ब्यवस्थापन गरिएको थियो। उहाँ वाणिज्य बैंकमा पहिलो महिला सीइओ पनि हुनुहुन्छ ।