Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

उत्कृष्ट अभिकर्ता बने एलआईसी नेपालका अन्जान भण्डारी : २२ मुलुकलाई पारे पछाडि

२०७३ भाद्र ३० गते

anjaan-bhandariलाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालका अभिकर्ता अन्जान भण्डारी सबैभन्दा बढी बिमांक रकमको बीमा गराउने अभिकर्ताका रूपमा सम्मानित हुने भएका छन् । गत आर्थिक वर्षमा मात्रै उनले करिब १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको बीमा गराएका छन् । यसबापत उनलाई लाइफ इन्स्योरेन्स कर्पोरेसन भारतले उत्कृष्ट अभिकर्ताका रूपमा सम्मानित गर्ने भएको हो ।

एलआईसीले विश्वका २२ मुलुकमा साझेदारीका रूपमा बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । प्रत्येक वर्ष कम्पनीले सबैभन्दा धेरै बीमालेख जारी गर्ने र सबैभन्दा बढी बिमांक रकम बराबरको बीमा गर्ने अभिकर्तालाई सम्मान गर्दै आएको छ । यसअघि भारतीय अभिकर्ताहरुले यो सम्मान पाउने गरेकोमा योपटक भने नेपाली अभिकर्ताले पाउने भएका हुन् ।