Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

व्यापार घाटा के हो ? कसरी हुन्छ ?

२०७८ चैत्र २२ गते

बैंकिङ खबर । जब कुनै देशले निर्यात भन्दा अधिक आयात गर्दछ, भने त्यसलाई व्यापार घाटा भनिन्छ । यसको मतलव यो हो कि देशले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न पर्याप्त सामान र सेवाहरू उत्पादन गर्न सक्षम छैन, त्यसैले उनीहरुले अन्य देशहरूबाट आयात गर्नुपर्दछ । यसको विपरित, जब एक देशले आयातभन्दा बढी निर्यात गर्दछ, भने यसलाई व्यापार बचत भनिन्छ ।

कुनै पनि देशको निर्यात र आयात त्यो देशको अर्थव्यवस्थाको विकाससँग सम्बन्धित हुन्छ । यदि आयात बढ्यो भने निर्यात घट्छ । यसको मतलब देशले बाहिरबाट विदेशी सामान किन्नको लागि अधिक पैसा खर्च गर्नुपर्छ । त्यसकारण, हरेक देशले आफ्नो देशबाट निर्यात बढी गर्न खोज्दछ अथवा निर्यात र आयात बराबर मात्रामा गर्न खोज्दछन् ।

नागरिकहरूले सबै चीजहरू देशमा अवस्थित कम्पनीहरूमार्फत प्राप्त गरे भने उनीहरूले विदेशी वस्तुहरूको खरीद कम गर्नेछन् । जसले आयात गर्नु आवश्यक हुँदैन । अर्थविद्हरूको अनुसार यदि कुनै देशको व्यापार घाटा निरन्तर धेरै वर्षसम्म रहिरह्यो भने त्यसले त्यस देशको आर्थिक स्थितिमा विशेष गरी रोजगार उत्पादन, वृद्धि दर र मुद्राको मूल्यमा नकारात्मक असर पार्न सक्छ ।

चालु आर्थिक वर्षको माघसम्ममा शोधनान्तर स्थिति २४७ अर्ब ३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी गराएको हो । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालु आवको सात महिनामा अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको छ ।

चालु आवको माघसम्मा चालु खाता ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४ अर्ब ३९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड २१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले घाटामा रहेको छ ।

चालु आवको माघ महिनासम्ममा पुँजीगत ट्रान्सफर १९.४ प्रतिशतले कमी आई ६ अर्ब ३१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८०.६ प्रतिशतले वृद्धि भई १६ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ८३ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब २ करोड रहेको थियो । समीक्षा अवधिमा अन्तर्राष्ट्रिय मुद्रा कोषवाट १३ खर्ब ०८ अर्ब (अमेरिकी डलर ११०.४२ मिलियन) एक्स्टेन्डेड क्रेडिट फेसिलिटी प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।

Ad