Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सूर्योदय र वोमी लघुवित्तको एकीकृत कारोबार शुरु

२०७८ चैत्र २० गते


बैंकिङ खबर/ वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुरु भएको छ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट शनिवारदेखि एकीकृत कारोबार शुरु भएको हो ।

मर्जरपश्चात सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु भएको हो । दुवै संस्था १ः१ स्वाप रेशियोमा मर्ज भएका हुन् । वोमी लघुवित्तको १०० कित्ता शेयर बराबर सूर्योदय लघुवित्तको १०० कित्ता शेयर आदान प्रदान अनुपात कायम गरिएको छ ।

मर्जरपश्चात सूर्योदय वोमी लघुवित्तको चुक्ता पूँजी ७९ करोड १९ लाख रुपैयाँ, निक्षेप ४ अर्ब रुपैयाँ, ११ अर्ब रुपैयाँ कर्जा र ग्राहक संख्या १ लाख ७५ हजार पुग्नेछन् ।

यता मर्जर पश्चात बन्ने सूर्योदय वोमी लघुवित्तमा कर्मचारी संख्या १ हजार भन्दा धेरै हुनेछन् भने शाखा १९१ बाट पुग्ने छन् । वोमी लघुवित्त र सुर्योदय लघुवित्त एक आपसमा गाभ्ने–गाभिने प्रयोजनको लागि पौष २९ गते बिहीबार अन्तिम सम्झौता भएको थियो । पौष १६ गते सम्पन्न वोमी लघुवित्तको १० औं वर्षिक साधारण सभा र सूर्योदय लघुवित्तको नवौं वार्षिक साधारण सभाले गाभ्ने तथा मर्ज गर्ने प्रस्ताव पारित गरेका थिए ।