
बैंकिङ खबर/ बीमा समितिले बीमकको संथागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई संशोधन गरेको छ । समितिले निर्देशिकालाई चैत १३ गते तेस्रो पटक संशोधन गरेको हो ।
बीमा समितिले जारी गरेको संशोधित निर्देशिका अनुसार कुनै पनि बीमा कम्पनीको सञ्चालकको कार्यकाल बढीमा ४ वर्षको मात्रै हुने छ । निज सञ्चालक थप एक कार्यकालका लागि पुन नियुक्त वा मनोनित हुने सक्ने व्यवस्था थप गरेको छ ।


