Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सफा हिमाल अभियानमा नेपाल लाइफको साथ

२०७८ चैत्र १७ गते

बैंकिङ खबर/  नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो ।  नेपालमा पर्वतारोहणका लागि खुल्ला हिमालहरू (खासगरी सगरमाथा क्षेत्र) मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो अभियान संचालन गरिएको हो ।

नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैर–सरकारी संघ/संस्था, पब्लिक कम्पनी तथा निजी क्षेत्रहरुको सफा हिमाल अभियानमा साथ पाउनु खुसीको कुरा भएको बताउनुभयाे । उनले नेपाल लाइफले सामाजिक उत्तरदायित्वलाई सफा हिमाल अभियान नै छनौट गरी यसको स्टेकहोल्डर बन्नु सह्रानिय भएको बताउनुभयाे । 
 

नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले विश्व मानचित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ र सफा हिमालले सुन्दर देशका रुपमा परिचय कायम गर्न सहयोग गर्ने कुरालाई मनन गर्दै ‘सफा हिमाल अभियान २०२२’ मा हातेमालो गरेको बताउनुभयाे । 

 

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र नेपाली सेनाका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय जंगी अड्डाका सहायक रथी हिमांशु खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हस्ताक्षर गर्नुभएको थियो ।