Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले बढायो आरटीजीएस सञ्चालनको समयसीमा

२०७८ चैत्र १६ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालनको समयसीमा बढाइएको छ। राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै आउँदो वैशाख २ गतेदेखि लागू हुने गरी आरटीजीएस प्रणाली सञ्चालनको समयसीमा बढाइएको जानकारी गराएको छ। राष्ट्र बैंकमा स्थापना भई सञ्चालनमा रहेको आरटीजीएस प्रणालीमार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने समयसीमा बढाइएको सूचनामा उल्लेख छ।

अब यो प्रणाली माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १६ गतेसम्म बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। प्रत्येक शुक्रबार भने आरटीजीएस प्रणाली बिहान ९ बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।