Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ कसुरमा मुछिएका अग्रवाल धरौटीमा रिहा

२०७८ चैत्र १५ गते

बैंकिङ खबर/ बैंकिङ कसुरमा मुछिएका ग्रीनलाइनका संचालक अमित अग्रवाल धरौटीमा छुटेका छन् । उच्च अदालत पाटनले फागुन २० गते अग्रवाललाई ४५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका थिए ।

उनी केही दिनपछि धरौटी बुझाएर तारिकमा रिहा भएका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स भएको उजुरी परेपछि अग्रवाललाई पक्राउ गरेको थियो।

Ad