Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्यालेन्डर सार्वजनिक

२०७८ चैत्र १४ गते

बैंकिङ खबर/ महालक्ष्मी लाइफ इन्स्योरेन्सले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत १३ गते प्रधान कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणका लागि सार्वजनिक गर्नुभएको हो । प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु क्यालेन्डरमा समावेश गरिएको छ।

क्यालेन्डर सार्वजनिक कार्यक्रममा सञ्चालकहरु उमेशलाल श्रेष्ठ र सुरेश सापकोटाको उपस्थिति थियो। कारोबार सञ्चालन भएको तीन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखा तथा उपशाखा सञ्चालनमा रहेको छ भने ३ वर्षको अवधिमा कम्पनीले ३ अर्बभन्दा बढी प्रिमियम संकलन गरिसकेको छ। कम्पनीले आउँदो असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्ने गरी तयारी गरिरहेको छ।