
बैंकिङ खबर/ प्रदेश नं. २ अन्तर्गत बाराको जीतपुर सिमरामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले व्यवसायिक बाख्रा पालन तालिम प्रदान गरेको छ । सिमरा शाखाका महिला ग्राहक सदस्यहरु मध्येका ३५ जना विपन्न ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
काठमाडौंको नक्सालमा मुख्य कार्यालय रहेको संस्थाले सिमराका विपन्न महिलाहरुका लागि व्याावसायिक रुपमा बाख्रा पालन गर्ने सम्बन्धी प्राविधिक ज्ञान, लघु बीमा, खर्च मूल्यांकन तथा व्यवस्थापन, नाफा नोक्सानको हिसाब राख्ने लगायत लघुवित्तको बारेमा विस्तृत जानकारीसहित तालिम प्रदान गरेको हो । प्रशिक्षकहरु डा.हेमचन्द्र कुमार जैसवार र मेनुकाखनालद्वारा तालिम दिइएको थियो ।
संस्थाले सीप विकास तालिमअन्तर्गत एक परिवारमा एक जना उद्यमी बनाउनप हल गरी रहेकोले विगतका वर्षहरु देखि निरन्तर रुपमा व्यवसायीक सीप विकास तालिम प्रदान गर्दै आईरहेको छ ।
तालिमको उद्घाटनमा प्रमुख अतिथि जीतपुर सिमरा उपमहानगरपालिका २ का वडा सदस्य रामचन्द्र अधिकारीले आफ्नो मन्तव्य राख्दै प्रशिक्षार्थीलाई तालिममा हासिल गरिएका सीपलाई व्यवहारमा उतार्न र लघुउद्यमी बन्न शुभकामना व्यक्त गर्नुभयो ।
तालिमको शुरुवात गर्दै सिमरा शाखाका शाखा प्रमुख उदयराज पोख्रेलले सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
तालिममा बाख्रापालन ब्यवसायको परिचय, स्थानीय र उन्नत बाख्राहरुमा भिन्नता, बाख्रापालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा स्थानीय एवम् उन्नत बाख्राकोे जातिय परिचय, उन्नत बाख्रापालनको कारण एंव महत्व तथाखोर निर्माण गर्न स्थानको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नतखोर निर्माण गर्ने तरिका र खोरमाहावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोत्तरको महत्व एवम् सोत्तरको लागि प्रयोग गरिने वस्तुहरु, पाठापाठी हुर्काउँदा तथा बाख्रा व्याउदा गर्नुपर्ने तयारी लगायतको विषयमा जानकारी दिइएको थियो । यस्तै गुणस्तरीय दाना, घांसको पहिचान, बाख्रामालाग्ने रोगको पहिचान, निदान, प्रजननकालागि बाख्रा तथा बोकाको छनौट, स्थानअनुसार बाख्राको जातबारे आवश्यक जानकारी, रोगी तथा निरोगी बाख्राको पहिचान, रोग लाग्नाका कारण तथा बाख्रामा लाग्ने रोग, रोगको लक्षण, उपचार तथा रोकथामका उपायबारे जानकारी, बाख्रामा हुने आन्तरीक र वाह्य परिजिवीहरुको नियन्त्रण साथै खोप कार्यक्रमबारे जानकारी, स्थानीयबाख्रापालनको महत्व, कमी, कमजोरी, संरक्षण तथाविकास, बजार ब्यवस्थापन सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
त्यसै गरी बचतको महत्व, संस्थाका सेवाहरुको आदिबारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेका सिमरा शाखाका शाखा प्रमुख उदय राजपोख्रेलले बताएका थिए ।
तालिमको समापनमा आयोजकको तर्फबाट निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिस रत्न कोनजोले वि.सं. २०४७ मा डा. हरिहर देव पन्तको नेतृत्वमा स्थापित निर्धन संस्थाले वि.सं. २०४९ सालमा नेपालकै पहिलो बिना धितो ऋण प्रवाहगर्ने लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं. २०५६ श्रावण १ गते देखि विधिवत रुपमा लघुवित्त सम्बन्धी सम्पूर्ण वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरी मातृ संस्था निर्धनले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक तथा सामाजिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता तालिम, ब्यावसायीक तालिम, विभिन्न सेवामूलक र सचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको जानकारी गराउनुको साथै सहभागी महिलाहरुलाई तालिममा हासिल गरेका सीपलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो ।




