Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरले भव्य रुपमा मनायो ‘ग्लोबल मनिविक’

२०७८ चैत्र १३ गते

 
बैंकिङ खबर/ वित्तीय सचेतना र युवा उद्यमशीलता लक्षित विश्वब्यापी ग्लोबल मनि विक कार्यक्रमको दसौं श्रृखला रुपन्देहीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

हरेक मुलुकका किशोर-किशोरी तथा युवा-युवतीमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अभियानको रुपमा ‘सिकौँ बचत गरौ कमाऔं (Learn.Save.Earn.)’  मुल नाराका साथ सन् २०१२ देखि विश्वब्यापी रुपमा मार्च २२ देखि २७ सम्म Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा मनाउन थालिएको यस कार्यक्रमले किशोर-किशोरी तथा युवा-युवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

यस वर्षको नारा ‘Build your future, be smart about money’ रहेकोे छ । जसको अभिप्राय पैसा वा व्यक्तिगत आय आर्जनको पहिचान गर्नुका साथै पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सचेत रही सुरक्षित आर्थिक भविष्यप्रति सबैलाई अभिप्रेरित गर्नु रहेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ ।

नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयले पनि विभिन्न कार्यक्रमहरु आयोजना गरि तथा सहभागिता भई ग्लोबल मनि विक २०२२ भब्य रुपमा मनाएइको छ ।

सो अन्तर्गत नवलपरासी जिल्लाको ग्रामीण क्षेत्रमा पर्ने प्रतापपुर गाउँपालिका बेलाटारीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिएकाे छ । उक्त कार्यक्रममा सो विद्यालयका र नजिकै रहेको त्रिभुवन क्याम्पसका विद्यार्थीहरु साथै साना तथा लघु उद्यमी, वैदेशिक रोजगारीमा संलग्न युवा, शिक्षक/शिक्षिका, दैनिक ज्यालादारी समुहका व्यक्ति र सो क्षेत्रका बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखको सहभागिता रहेको थियो ।

प्रतापपुर गाउँपालिका अध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख अतिथिको उपस्थित कार्यक्रममा नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयका निर्देशक रन्जना पौडेलले वित्तीय सचेतना सम्बन्धमा वार्ता प्रस्तुत गर्नु भएको थियो ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष अन्जु कुमारी चौधरी, नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयका निर्देशक रन्जना पौडेल उप निर्देशक गुलाब धवल ग्लोबल मनि विक आयोजक समितिका संयोजक तथा सहायक निर्देशक रमेशकुमार न्यौपाने,प्रतापपुर गाउँपालिका प्रवक्ता एवम् वार्ड नम्बर ९ का अध्यक्ष हेमेन्द्रकुमार पंजियार, बिद्यालयका प्राचार्य नारद ठाकुर लगायतले विचार ब्यक्त गर्नुभएको थियो ।

यसै गरि चैत्र १२ गते नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयको आयोजना बृहत वित्तीय सचेतना र्यालीको सम्पन्न भएको छ । रुपन्देही जिल्लामा रहेका सम्पुर्ण वाणिज्य बैंक, विकास बैंक, फइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाका शाखा कार्यालय, प्रदेश कार्यालय र वित्तीय संस्थाका केन्द्रीय कार्यालयका कर्मचारीहरु तथा मनिचेन्जर संघ लगायत अन्य सरोकारवाल संघ संस्था तथा पत्रकार गरि करिब ९०० भन्दा बढी ब्यक्ति सहभागिता रहेको सचेतना र्यालीमा संस्थागत ब्यानर र वित्तीय सचेतना सम्बन्धी प्लेकार्ड लिएर देवकोटाचोक स्थित नेपाल राष्ट्र बैंकको कार्यालयबाट शुरु भई नयांसडक, बर्मेलीटोल, बुद्धचोक, नारायणस्थान, बिद्रोही चोक, मिलनचोक, बैंकरोड, देवकोटाचोक हुंदै कार्यालयमा पुगेर समापन भएको थियो ।

समापनको अवसर भएको संक्षिप्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको सिद्धार्थनगरका निर्देशक रन्जना पौडेलले कार्यक्रम उपलब्धिमुलक रहेकोले सहभागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम संयोजक एवम् नेपाल राष्ट्र बैंकको सिद्धार्थनगरका सहायक निर्देशक रमेशकुमार न्यौपाने र नेपाल बैंकर्श संघ लुम्बिनी प्रदेश संयोजक एवम् नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालयका प्रमुख लेखनाथ भुसाल पनि मन्तव्य राख्नुभएकाे थियो ।

यसै सिलसिलामा नेपाल राष्ट्र बैंकको सिद्धार्थनगरको आयोजनामा बैँक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने सहुलियतपूर्ण कर्जा र पूनरकर्जा विषयमानियामक निकाय, बैंक तथा वित्तीय सस्थाका प्रतिनिधी, उद्योगी ब्यवसायी संघ संस्थाका प्रतिनिधि, सम्बद्ध उद्योगी तथा व्यवसायीहरु र अन्य सरोकारवालाको सहभागितामा अन्तरक्रियात्मक कार्यक्रम आज सिद्धार्थनगरमा हुँदै छ ।

 

Ad