Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक, वित्तको कुल निक्षेप ४८ खर्ब ९५ अर्ब पुग्यो

२०७८ चैत्र ११ गते


बैंकिङ खबर/ बैंकिङ प्रणालीमा बिहीबार एकैदिन १३ अर्ब रुपैयाँ थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत १० गते एकैदिन बैंक तथा वित्तीय संस्थामा १३ अर्ब रुपैयाँ थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। गत चैत ९ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो।

चैत १० गते एकैदिन वाणिज्य बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ। गत चैत ९ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा चैत १० गते बढेर ४३ खर्ब २५ अर्ब रुपैयाँ पुगेको हो। बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी चैत १० गते १ अर्ब रुपैयाँले बढेको छ। गत चैत ९ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा चैत १० गते बढेर ४६ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। गत चैत ९ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो। बैंकहरुको औसत सीडी रेसियो पनि घटेर चैत १० गते ९०.७५ प्रतिशतमा झरेको छ। गत चैत ९ गते औसत सीडी रेसियो ९०.९६ प्रतिशत थियो। यस्तै अन्तरबैंक ब्याजदर भने ६.९९ प्रतिशत रहेको छ।

Ad