Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीको चुक्ता पुँजी वृद्धिः जीवन बीमाको ५ अर्ब, निर्जीवनको २.५ अर्ब !

२०७८ चैत्र १० गते


बैंकिङ खबर/ बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरेको छ । समितिको बिहीबार बसेको बैठकले बीमा कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय गरेको हो । समितिको निर्णयसँगै अब जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे दुई अर्ब पुग्नेछ ।

पुँजी वृद्धिका लागि बीमा कम्पनीहरुलाई एक महिना अवधीभित्र बीमा कम्पनीहरुलाई व्यापारिक योजना बनाउन निर्देशन दिने र व्यापारिक योजनाको सम्बन्धमा अध्ययन गरेर थप निर्णय गर्ने बीमा समितिले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति