
बैंकिङ खबर/ नेपालका ठूला वाणिज्य बैंकहरूमध्ये एक बैंक हो एन आई सी एशिया बैंक । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौँ ग्राहकहरू माझ गतिशील बैंकिङ सेवा प्रदान गर्दै आइरहेको यस बैंकले देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ ।
एन आई सी एशिया बैंक देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकका रुपमा स्थापित भएको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकले सेवा दिन सफल भएको छ ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरि गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोडभन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान हो ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति कम रहेका दुर्गम जिल्लाहरूमा तथा बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरि सञ्चालन गर्दै आइरहेको छ ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ भने एनआईसी एशियाको ग्राहक खाता संख्या ३० लाख बढी पुगेको छ । बैंकको ग्राहक संख्यामा बृद्धबृद्धाहरूको पनि खाता छ । बाल बचत अन्र्तगत बालबालिकाको खातासमेत बैंकमा छ ।
ब्याजदरमा पनि उत्कृष्ट ?

यस बैंकले आफ्ना निक्षेपकर्ताका लागि उत्कृष्ट ब्याजदर प्रदान आएको छ । बैंकले सर्वश्रेष्ठ बचत खातामाका तीन श्रेणीमा ८.०३ प्रतिशत ब्याज दिँदै आएको छ ।
त्यस्तै सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ बाबु नानी बचत खाता, सर्वश्रेष्ठ सामाजिक सुरक्षा बचत खाता, सर्वश्रेष्ठ स्थानीय बचत खाता लगायतमा वार्षिक ८.०३ प्रतिशत ब्याज दिँदै आएको छ ।
नागरिकले विदेशमा कमाएके रकमलार्इ उच्चतम सम्मान दिनका लागि बैंकले सर्वश्रेष्ठ रेमिटेन्स बचत खाता मार्फत ९.०३ प्रतिशत ब्याज दिँदै आएको छ ।
मुद्दती खातामा उच्च ब्याजदर

बैंकले ल्याएको सर्वश्रेष्ठ बचत योजना अनुरूपको मुद्दती निक्षेपमा सर्वाधिक उच्च ब्याजदर रहेको छ । जसअन्तर्गत रहेको सर्वश्रेष्ठ मुद्दती खातामा वार्षिक ११.०३ प्रतिशत ब्याज दिँदै आएको छ ।
सर्वश्रेष्ठ मासिक मुद्दती निक्षेप खातामा पनि ११.०३ प्रतिशत ब्याज दिँदै आएको छ । सर्वश्रेष्ठ (स्थानीय) मुद्दती खातामा ११.०३ प्रतिशत ब्याज दिँदै आएको छ । त्यसैगरी विदेशको कमाइलाई उच्चतम प्रतिफल दिनको लागि अन्य मुद्दती खातामा १ प्रतिशत थप गर्दै सर्वश्रेष्ठ रेमिटेन्स मुद्दती खातामा १२.०३ प्रतिशत ब्याज दिँदै आएको छ ।