Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरेको सप्ताहव्यापी वित्तीय साक्षरता अभियान शुरु

२०७८ चैत्र ७ गते

बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ग्लोबल मनि विक कोअर्डिनेशन कमिटीको निर्णय बमोजिम सप्ताह व्यापी कार्यक्रमहरु तय गरेको छ । ग्लोबल मनि विक कोअर्डिनेशन कमिटीको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकले यहि चैत्र ७ गते देखि १३ गतेसम्म वित्तीय साक्षरता मार्गदर्शन,२०७८ कार्यक्रम संचालनको लागि बैंक तथावित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनबमोजिम  मिर्मिरेले सप्ताह व्यापी कार्यक्रमहरु तय गरेको हाे ।

साप्ताहिक कार्यक्रममध्ये पहिलो दिन सोमबार शाखा कार्यालय खोलेसिमल र भरतपुरका सदस्यहरू तथा खोलेसिमलका स्थानीयबासीहरुसहित चितवनको खोलेसिमलबाट कालिका नगरपालिकाको कार्यालयसम्म र्यालीयात्रा गरेको छ ।

र्यालीपश्चात नगरपालिकाको हलमा जम्मा भई वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया तथा वित्तीय साक्षरता सम्बन्धि भिडियो प्रदर्शनी समेत गरेको छ ।

संस्थामा आवद्ध रहेका लघुवित्त सदस्यहरु तथा संस्थाको बाग्मती प्रदेश प्रमुख तुल्सीराम पाठक, उपप्रमुख रबि मल्लाह, भरतपुर शाखा प्रमुख, पिप्ले शाखा प्रमुख, खोलेसिमल शाखा प्रमुखलगायत कर्मचारीहरूको उपस्थितमा कार्यक्रम भएको हो ।

संस्थाले १३ गतेसम्म विभिन्न शाखाहरुमा वित्तीय साक्षरता अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी गराए । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नेपालभर ६३ वटा जिल्लामा १४८ वटा शाखा कार्यालय बाट १ लाख ३० हजार सदस्यहरुमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

संस्थाले हाल २ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब रुपैंया कर्जा लगानी गरिरहेको छ । संस्थाले सातै प्रदेशमा प्रादेशिक कार्यालय तथा उपप्रादेशिक कार्यालयहरुको संरचनासहित कार्य संचालन गरिरहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त र नागबेली लघुवित्तलाई प्राप्ती गरिसकेको छ भने भर्खरै रुपन्देहीको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने सम्झौता समेत गरेको छ ।