
बैंकिङ खबर/ राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको क्षमता विकासका लागि संस्थाले विशेष ध्यान दिनुपर्ने बताएका छन् । हालैमात्र सम्पन्न डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल एओटिएस र बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेन्टको संयुक्त पहलमा ‘संस्थामा कर्मचारीहरुको संलग्नता कसरी बढाउने’ भन्ने विषयमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय वेबिनारमा डेपुटी गभर्नर मिश्रले सो कुरामा जोड दिएका हुन् ।
वित्तीय क्षेत्रमा कर्मचारीहरुको संलग्नता बढाउनका लागि सम्बन्धित संस्थाले कर्मचारीको ज्ञान र सीप बढाउनका लागि विशेष ध्यान दिनुपर्नेमा उनले बताए ।
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष पोखरेलले विकास बैंकका कर्मचारीहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नका लागि एसोसियसनले समय समयमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गर्दै कोरोनाको प्रभाव घट्दै गएपछि भौतिक उपस्थितिमा पुनः विभिन्न कार्यक्रम गर्ने योजना रहेको उल्लेख गरे ।
बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेण्टका बैंकिङ परामर्शदाता बीएन घर्तीले ग्राहक र कर्मचारी सन्तुष्टिका सम्बन्धमा बेला–बेलामा प्रश्न उठ्ने गरेको, मर्ज भएका संस्थामा कर्मचारी बीचको सम्बन्धमा कहिलेकाँही तिक्तता आएका घटना सुनिने गरेको र समग्रमा उत्पादकत्व बढाउनका लागि कर्मचारी संलग्नता बढाउनुपर्ने आवश्यक्ता देखिएकाले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा बैंकिङ उद्योगलाई टेवा दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम आयोजना गर्नका लागि ‘एशोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेसन एण्ड सस्टेनेवलपार्टनरसिप, जापान’, ‘वल्र्ड नेटवर्क अफ् फ्रेण्डसिप’ तथा ‘जापान श्रीलंका टेक्निकल एण्ड कल्चरल एशोसियसन’ले सहयोग गरेका थिए ।
डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष प्रद्युमन पोखरेल, नेपाल एओटिएसका अध्यक्ष प्रशान्तलाल श्रेष्ठ, एओटिसका दक्षिण एशिया प्रतिनिधि तथा न्यू दिल्ली कार्यालयका महाप्रबन्धक हिसाशी कान्डा लगायतले सम्बोधन गरेको उक्त कार्यक्रमका मुख्यवक्ता श्रीलंकाका मानव शंसाधन विशेषज्ञ अनुरुद्ध थिथ्ठगल्ला गामेज थिए ।
डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष पोखरेलले विकास बैंककाकर्मचारीहरुको ज्ञान, सीप र क्षमताअभिवृद्घि गर्नका लागि एशोसियसनले समय समयमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गर्दै कोरोनाको प्रभाव घट्दै गएपछि भौतिक उपस्थितिमा पनि विभिन्न कार्यक्रम गर्ने योजना रहेको उल्लेख गरे ।
बैंकिङ् एण्ड इन्स्योरेन्स म्यानेजमेण्टका बैंकिङ् परामर्शदाता बीएन घर्तीले ग्राहकर कर्मचारी सन्तुष्टिका सम्बन्धमा बेला बेलामा प्रश्न उठ्ने गरेको, मर्ज भएका संस्थामा कर्मचारी बीचको सम्बन्धमा कहिले काँही तिक्तता आएका घटना सुनिने गरेको र समग्रमा उत्पादकत्व बढाउनका लागि कर्मचारी संलग्नता बढाउनु पर्ने आवश्यक्ता देखिएकाले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुसँगको साझेदारीमा बैंकिङ् उद्योगलाई टेवा दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।




