
बैंकिङ खबर/ सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाले छिट्टै एकीकृत कारोबार शुरु गर्ने भएका छन् । यी दुबै लघुवित्त एक आपसमा मर्ज भइ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट यहि चैत १९ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । गत पुस १६ गते सम्पन्न यी दुबै लघुवित्तको साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।
मर्जरपश्चातको सूर्योदय वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय वागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १३, साँगामा रहनेछ ।


