Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आँधिखोला लघुवित्तद्वारा व्यवसाय प्रवद्र्धन तालिम प्रदान

२०७८ चैत्र १ गते

बैंकिङ खबर/  स्याङ्जा भीरकाट न.पा.१ बयलघारीमा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले दोश्रो त्रैमासिक समिक्षा तथा आगामी रणनीतिक गोष्ठी तथा व्यवसाय प्रवद्धनात्मक तालिम सम्पन्न गरेको छ ।

११ जिल्लामा १९ कार्यालयमार्फत कार्यक्रम संचालन गर्दै आएको संस्थाले लेकसाइड पोखरास्थित होटल लेक प्यालेसमा उक्त कार्यक्रम सम्पन्न गरेको हाे । कार्यक्रम फागुन २८ गतेदेखि फागुन ३० गतेसम्म सञ्चालन गरिएको थियो । कारोना र आर्थिक तरलताका कारण बैंकिङ जगतमा परेको प्रभावबाट कर्मचारीको मनोबल खस्कन नदिनका लागि र ग्राहकहरुको संरक्षणको लागि संस्थाले आगामी दिनमा खेल्नुपर्ने भुमिकाबारे छलफल गरेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष तथा लघुवित्त बैंकर्स संघका कोषाध्यक्ष  नरेश के.सी, सञ्चालकहरु विद्या श्रेष्ठ र युक्त बहादुर सुवेदी लगायत संस्थाको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी.र नायब कार्यकारी प्रमुख बाबुराम कुँवरको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष नरेश के.सीले लघुवित्त क्षेत्रको वर्तमान समस्या तथा चुनौतीहरुका बारेमा प्रकाश पारेका थिए ।

साथै कर्मचारीलाई थप जिम्मेवार र लगनशिल भई काम गर्नका लागि सुझाएका थिए । प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले संस्थामा भाखा नाघेको कर्जा बढिरहेको अवस्थालाई मध्यनजर गरी कर्जा अशुलीका लागि प्रभावकारी तवरले लाग्न निर्दैशन दिए ।

त्यस्तै नायब कार्यकारी प्रमुख बाबुराम कुँवरले संस्थाले कर्मचारीको वृद्धि विकासका लागि विभिन्न किसिमका तालिम तथा सेमिनारहरुको आयोजना गरी दक्षता अभिवृद्धिका लागि अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

संस्थाको हालको चुक्तापुँजी १० करोड रहेको र २० हजार ग्राहक सदस्यहरुमध्ये १० हजार भन्दा वढि सदस्यले करिव १ अर्ब ३० करोड कर्जा लिई व्यवसाय संचालन गरिरहेको र वचत परिचालन ४३ करोड भन्दा वढि रहेको समेत नायब कार्यकारी प्रमुख कुँवरले बताए ।

कार्यक्रमको संचालन योजना तथा अनुगमन विभाग प्रमुख कुलदेव लामिछानेले गरेका थिए । तालिमको सहजीकरण श्रवण कुमार सपोर्ट प्रा.लिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखे्रल र मेघा वैंक पोखराका कलष्टर हेड सन्तोष गुरुङले गरेका थिए ।