Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढ्यो

२०७८ फाल्गुन ३० गते


बैंकिङ खबर/ एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ। नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार फागुन २१ गतेदेखि फागुन २७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ। गत फागुन २० गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ रहेकोमा फागुन २७ गतेसम्म घटेर ४१ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको छ। फागुन लागेयता भने वाणिज्य बैंकहरुको निक्षेप १५ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी पनि १४ अर्ब रुपैयाँले बढेको छ।

Ad