Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा रौतहट र दोलखामा बीमा सचेतना कार्यक्रम सम्पन्न

२०७८ फाल्गुन २९ गते

बैंकिङ खबर/ महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले रौतहट र दोलखा जिल्लामा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामासम्पन्नकार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थिको उपस्थिति रहेको थियो । कलेजका प्राधानाध्यापक ब्रम्हनारायण राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सका क्षेत्रिय प्रमुख दिगम्वर प्रसादलेबीमा सम्वन्धी प्रशिक्षण दिएका थिए ।

कम्पनीको गौर कार्यालयकाकर्मचारीराजेश कुमार साहले  संचालन गरेको कार्यक्रममा प्रधानाध्पापक यादवले बीमाविषय आम जनताकोलागि नयाँ भएकोले यस्ता सचेतना सम्वन्धी कार्यक्रम नियमित सम्पन्न गर्नुपर्ने सुझाव दिए ।

यसैगरी फागुन २८ गते शनिवार दोलखाको चरिकोटमा पनि कम्पनीले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । होटल पानारोमामा कम्पनीका एजेन्सी प्रमुख सिताराम धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय कर्मचारी, पत्रकार, समाजसेवी लगायत ४० जनाको उपस्थिति रहेको थियो ।

महालक्ष्मी लाईफको एजेन्सी प्रमुख सिताराम धिमाल र वाग्मति प्रमुख राम प्रसाद भुसालले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रमको महत्व र आवश्यकता बारेमा प्रमुख अतिथि नापी कार्यालय दोलखाका प्रमुख अशोक कुमार श्रेष्ठ र विशेष अतिथि नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष शंकर चौलागाईले प्रकाश पारेका थिए ।

बीमा समीतिले बीमा सचेतनाको लागि कम्पनीलाई दोलखा,रौतहट,गुल्मी र ललितपुर जिल्ला दिए पछि सोही अन्तर्गत रौतहट र दोलखामा उक्त कार्यक्रम सम्पन्न गरेको थियो ।