
बैंकिङ खबर/ फाइनान्स कम्पनीहरुको निक्षेप एक वर्षमा एक वर्षमा ३ अर्ब ४ करोड बढीले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको पुस महिनाको तुलनामा चालु आवको पुस महिनामा फाइनान्स कम्पनीहरुमा निक्षेप संकलनमा गिराट आएको हो ।
यस अवधिमा फाइनान्स कम्पनीहरुमा ३ अर्ब ४ करोड ९८ लाख रुपैयाँले निक्षेप संकलन घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत आवको पुस मसान्तसम्ममा फाइनान्समा ९९ अर्ब एक करोड १३ लाख रुपैयाँ निक्षेप संकलन भएको थियो ।
चालु आवको पुस महिनामा आइपुग्दा फाइनान्स कम्पनीहरुमा निक्षेप संकलन ९५ अर्ब ६ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ ।
फाइनान्स कम्पनीहरुमा निक्षेप खाताको संख्या भने बढेको छ । २०७७ को पुसमसान्तसम्ममा फाइनान्सहरुमा निक्षेप खाताको संख्या ६ लाख ९५ हजार ७५६ थियो । चालु आवको पुस मसान्तमा आइपुग्दा सो संख्या बढेर १२ लाख ७ हजार ७८० मा पुगेको छ ।
फाइनान्सहरुमा निक्षेप खाताको संख्या बढे पनि कर्जा खाताको संख्या भने घटेको छ ।
१७ फाइनान्स कम्पनीमा कर्जा खाताको संख्या ३९ हजार २२५ छ । गत आवको पुस मसान्तसम्मा कर्जा खाताको संख्या ४५ हजार ५३९ थियो । फाइनान्स कम्पनीको संख्या पनि घटेको छ । गत आवको पुस मसान्तको तुलनामा फाइनान्स कम्पनीको संख्या २१ बाट घटेर १७ मा सीमित भएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमा निक्षेप खाताको संख्या १२ लाख नाघेको छ । यस अवधिसम्ममा फाइनान्सहरुमा १२ लाख ७ हजार ७८० वटा निक्षेप खाता छन् ।
गत आवको यसै अवधिको तुलनामा फाइनान्सहरुमा इन्टरनेट बैंकिङको सुविधा लिएका ग्राहकको संख्यामा वृद्धि देखिएको छ । यस्तै इन्टरनेट बैंकिङको सुविधा लिने ग्राहकहरुको संख्या ६ हजार ८६१ बाट बढेर ८ हजार ९५१ मा पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।
तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्यामा भने गिरावट आएको छ । मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या एक लाख १५ हजार ७८७ बाट झरेर ७१ हजार ६०७ मा सीमित भएको हो । फाइनान्सहरुको एटिएम संख्या ५३ बाट झरेर ४३ मा आइपुगेको तथ्यांक छ । डेबिड कार्ड प्रयोगकर्ताको संख्या पनि घटेको छ । गत आवको पुस मसान्तसम्मा फाइनान्सहरुमा डेबिड कार्ड प्रयोगकर्ताको संख्या ४० लाख ९१६ थियो ।
चालु आवको पुस मसान्तको अवधिमा आइपुग्दा सो संख्या घटेर ३७ हजार ८५० मा सीति भएको छ । फाइनान्सहरुको चुक्ता पुँजी पनि घटेको छ । गत आवको पुस मसान्तमा फाइनान्सहरुको चुक्ता पुँजी १४ अर्ब ७ करोड ९६ लाख रुपैयाँ थियो । चालु आवको पुस मसान्तको अवधिमा फाइनान्सको चुक्ता पुँजी १३ अर्ब ७ करोड १३ लाख रुपैयाँ छ ।
के हो फाइनान्स कम्पनी ? कसरी दिन्छन् सेवा ?
निर्देशन बमोजिम तपसिल अनुसार बर्गीकरण गरिएको छ । बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४७ बमोजिम सोही ऐनको दफा ३१ मा ‘क’ ‘ख’ ‘ग’ ‘घ’ बर्गका बैंक तथा बित्तीय संस्था को ब्यबस्था गरिएको छ । सो वर्गीकरण अनुसार ग वर्गमा पर्ने वित्तीय संस्था वित्त कम्पनी अर्थात फाइनान्स कम्पनीहरु हुन् । यस्ता कम्पनीहरुलाई नियामक नेपाल राष्ट्र बैंकले निम्न काम, कर्तव्य र अधिकारहरु दिएको छ :
१. राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने ।
२. हाइपोथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
३. मर्चेन्ट बैंकिङ कारोबार गर्ने ।
४. अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहवित्तीयकरणको आधारमा धितो बिभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने दिलाउने ब्यबस्था गर्ने ।
५. बैंक वा वित्तीय संस्थाको जमानतमा कर्जा दिने ।
६. आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
७. आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
९. आफ्नो जायजेथाको उचित प्रबन्ध गर्ने , बिक्री गर्ने वा बहालमा दिने ।
१०. प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
११. भारतीय रुपैया खरीद बिक्री गर्ने ।
१२. विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागी ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
१३. आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
१४. कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिँदा वा निजसंग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागी आबश्यक शर्त गराउने ।
१५. कुनैपनि ब्यत्ति फर्म कम्पनी वा संस्थालाइ सवारी साधन मेशिन औजार उपकरण घरायसी टिकाउ समान वा त्यस्तै अन्य चल सम्पतिको लागी किस्तावन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।
जग्गा बिकास
१६. ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज उठाइ दिने ।
१७. आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसंग आबश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेश्रो ब्यत्तिको जेथा जमानत लिने ।
१८. राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।