
बैंकिङ खबर/ जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष ०७८/७९ को ७ महिनामा कुल ८१ अर्ब ३० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क उठाएका छन्। बीमा समितिले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क उठाएका हुन्।
जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्जन गरेको छ । कम्पनीले चालू आव ७ महिनासम्मको अवधिमा २१ अर्ब ८ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो।
त्यस्तै दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड रहेको छ। कम्पनीले चालू आवको ७ महिनाको अवधिमा ९ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क उठाएको हो । सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्जन गरेको छ। यो कम्पनीले ७ महिनामा ८१ करोड रुपैयाँ मात्र बीमा शुल्क आर्जन गरेको हो।
त्यसैगरी, चालू आवको माघ मसान्तसम्म राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४२ करोड उठाएको छ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ७ अर्ब ८९ करोड, मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ अर्ब ९ करोड बीमा शुल्क उठाएका छन्। यस्तै आइएमई लाइफले १ अर्ब ९० करोड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ८२ करोड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९६ करोड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ३९ करोड बीमा शुल्क उठाए ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३ करोड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ८६ करोड, सूर्या लाइफ इन्स्योरेन्सले २ अर्ब ८३ करोड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ९६ करोड शुल्क उठाएका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ९७ करोड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३३ करोड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ६४ करोड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ३० करोड, र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क उठाएका छन्।




