Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जाल्पा लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

२०७८ फाल्गुन १६ गते

बैंकिङ खबर/ प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ। शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमला योगीले र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए । ०७८ फाल्गुण १३ गतेदेखि लागू हुने गरी जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।