Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

झापाको प्रहरी कार्यालयलाई मिर्मिरे लघुवित्तद्वारा कुर्सी सहयोग

२०७८ फाल्गुन १६ गते

बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापाको बनियानी स्थित प्रहरी चौकीलाई कुर्सी वितरण गरेको छ ।

संस्थाले झापाको बनियानी स्थित इलाका प्रहरी कार्यालयलाई १५ थान कुर्सी सहयोग गरेको हो । संस्थाका बिर्तामोड उपप्रादेशिक कार्यालय प्रमुख किरण विष्टले उक्त सामाग्रीहरु प्रहरी नायब निरिक्षक नरबहादुर तुम्बाहाम्फेलाई हस्तान्तरण गरेका हुन् ।

सोमबार इलाका प्रहरी कार्यालय बनियानीमा एक कार्याक्रमका बिच उक्त सामानहरु हस्तान्तरण गरिएको हो । प्रहरी नायब निरिक्षक तुम्बाहाम्फेले कार्यालयमा कुर्सीको अभावले सेवाग्राहीहरु आउँदा समस्या भइरहेको जानकारी गराएपछि संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी दिए ।